Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मधेशमा लम्पीस्किन रोगबाट १७ सय पशु मरे

२५ शनिबार , श्रावण २०८२एक महिना अगाडि

मधेशमा लम्पीस्किन रोगबाट १७ सय पशु मरे

मधेस प्रदेशमा लम्पीस्किन रोगको सङ्क्रमणबाट १ हजार ७ सय पशु मरेका छन् । लम्पीस्किन रोगबाट ५२ हजार ६ सय ८६ पशु संक्रमित भएकोमा २३ हजार ७ सय ९ वटा पशु उपचारवाट निको भएको प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय जनाएकाे छ ।

लम्पीस्किन रोगकाे लक्षण पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने देखिन्छन् । मन्त्रालयका अनुसार रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान समेत सुरु गरिएको बताइएकाे छ ।

अभियान अन्तर्गत हालसम्म प्रदेशभरिका २ लाख ४५ हजार पशुलाई खोपलगाइएको छ । दुई लाख ३१ हजार ५ सय १५ पशुलाई विज्ञकेन्द्रमार्फत खोप दिइएको हाे भने स्थानीय तहमार्फत धनुषामा ५ सय ६६, सर्लाहीमा १ सय ७५ तथा रौतहटमा ३ हजार ७०० पशुलाई खोप लगाइएको मन्त्रालयले जनाएकाे छ ।