Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

भक्तपुरमा घिन्ताङघिसीसँगै गाईजात्रा सुरु

२५ शनिबार , श्रावण २०८२एक महिना अगाडि

भक्तपुरमा घिन्ताङघिसीसँगै गाईजात्रा सुरु

आज भक्तपुरमा सरकारी घिन्ताङघिसी नाच प्रदर्शन गरिएसँगै गाईजात्रा सुरु भएको छ । साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने याे पर्व सरकारी घिन्ताङघिसी नाच प्रदर्शन गरिएसँगै भक्तपुरमा गाईजात्रा सुरु भएको हाे ।

साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट घिन्ताङघिसी नाच धुमधामले मनाइन्छ भने भक्तपुरमा भने जनैपूर्णिमाकै दिन दिउँसो सरकारी घिन्ताङघिसी नाच प्रदर्शनसँगै गाईजात्रा सुरु भएको मानिन्छ । एकवर्ष भित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने गाईजात्रा सुरु भएको जनाउ दिन गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी दरबारस्क्वाएरस्थित बहटोलबाट घिन्ताङघिसी नाच निकालिएकाे हाे ।

उक्त नाच भक्तपुरको बहटोलबाट सुरु भएर भक्तपुर नगरका दरबारस्क्वायर, बालाखु गणेश, चोछें, भुलाछें, महालक्ष्मी स्थान, थालछें, गछें, सुजमारी, तचपाल, गोमारी, सुकुलढोका, तमारी, नासमना, बंशगोल, इटाछें र खःमालगायत क्षेत्रको परिक्रमा गरी पुनःसुकुलढोकामा पुगेर समापन भएको थियाे ।

धा बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीले हातमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ । आजदेखि आठ रात नौ दिनसम्म अर्थात कृष्णाअस्टमीको दिनसम्म मनाइने भक्तपुरको गाईजात्रामा प्रत्येक दिन साँझ विभिन्न टोलबाट घिन्ताङघिसी नाचसँगै विभिन्न व्याङ्ग्यात्मक नाटक, विभिन्न सांस्कृतिक नाच प्रदर्शन गर्ने परम्परा रहेकाे छ ।