
आज महिला यू-२० एसियन कप छनोटका लागि नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो पौने २ बजे भुटानकाे थिम्पुस्थिति चाम्लिङ्थाम रंगशालामा सुरु हुने खेलमा नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
भुटानमा जारी एसीसी महिला यू-२० एसियन कप छनोटमा नेपालले आज बलियो टोली यू-२० एसियन कपको च्याम्पियन उत्तर कोरियासँग खेल्न लागेकाे हाे । आजको खेलमा नेपालले जितको लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछ ।
एसियन कपमा छनोट हुने सम्भावना बाँकी रहेको नेपालले उत्तर कोरियासँग उत्कृष्ट प्रदर्शनसहित नतिजा आफ्नो अनुकुलमा पर्ने तयारी गरेकाे छ । नेपाल समूह विजेता अथवा उत्कृष्ट दोस्रो टिम बन्न सफल भए एसियन कपमा छनोट हुनेछ ।
यसअघिकाे खेलमा साउदी अरबविरुद्ध नेपालले एक शून्यको साँघुरो जित निकालेको थियो भने भुटानसँग बराबरीकाे खेल खेलेकाे थियाे ।