Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

छुटाछुट्टै सवारी दुर्घटनामा एककाे मृत्यु चार घाइते

२६ आइतबार , श्रावण २०८२एक महिना अगाडि

छुटाछुट्टै सवारी दुर्घटनामा एककाे मृत्यु चार घाइते

दाेलखा र स्याङजामा भएकाे छुटाछुट्टै सवारी दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ भने चार जना घाइते भएका छन् । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एकजना महिलाकाे ज्यान गएकाे हाे भने उक्त दुर्घटनामा उनका श्रीमान घाइते भएका छन् ।  

रामेछापमा भएकाे स्कारपियो दुर्घटनामा मन्थली नगरपालिका–१, मन्थलीकी अन्दाजी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको र उनका श्रीमान उत्तम चौहानकाे मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जनाएका छन् ।

आज बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गरेको स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशीतर्फ खसेको हो । गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र हाल महिलाको शव निकालिएको प्रहरीले जनाएको छ।

त्यसैगरि स्याङ्जाकाे वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा तीनजना  घाइते भएका छन् । हिँजाे साँझ वालिङ बजारबाट वालिङ नगरपालिका–१२ लाम्पाते जाँदै गरेको लु १ च ६२५३ नम्बरको जीप वालिङ- १४ को छोरेखर्कमा दुर्घटनामा परेको थियाे । 

दुर्घटनामा वालिङ-१२ का २२ वर्षीय सागर सुनार र ३८ वर्षीय ओविन गोतामे तथा चालक रूपन्देहीको देवदह नगरपालिका- २ खैरेनीका मदन पुरी घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जनाएका छन् ।