
सप्तकोशी नदीमा लगातारको वर्षापछि अाएकाे बाढीले पानीको बहाव बढेपछि २८ वटा ढोका खोलिएका छन् । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेकाले कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका हुन् ।
शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४ सय ३० क्यूसेक पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएकाे बताइएकाे छ ।
ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिन्छ, सोहीअनुसार कन्ट्रोल रूमले रातो बत्ती बालेकाे बताइएकाे छ । केहि दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको भएपनि पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जनाएका छन् ।