Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

जनकपुरमा रेल र कार एकापसमा ठोक्कियो

२६ आइतबार , श्रावण २०८२एक महिना अगाडि

जनकपुरमा रेल र कार एकापसमा ठोक्कियो

आज बिहान जनकपुरमा रेल र कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । जनकपुरधाम उपमहानगरपालिका-९, ब्रह्मपुरीस्थित थापा चोक नजिक रेल र कार एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

बागमती प्रदेश ०१-०२५ च १२९० नम्बरको कार बिहान महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको बताइएको छ । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको भएपनि कारमा सवार तीन जनालाई सामान्य चोटपटक लागेको र कार भने धेरै क्षति भएको स्थानीय प्रत्यक्षदर्शी बताएका छन् । 

दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको र उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जनाएका छन् ।