Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

साउन महिनाको अन्तिम सोमबार शिव मन्दिरहरूमा भिड

२७ सोमबार , श्रावण २०८२एक बर्ष अगाडि

साउन महिनाको अन्तिम सोमबार शिव मन्दिरहरूमा भिड

आज साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ । बिहानैदेखि भक्तजनका लागि पशुपतिका चारै ढोका खोलिएको थियो भने दर्शनका लागि लामाे लाइन लागेकाे छ ।

यसअघि पनि भक्तजनका लागि बिहान ३ बजेदेखिनै पशुपतिका चारै ढोका खोलिएको थियो भने सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म जल चढाउन गेरुवस्त्रधारी 'बोलबम' हरुको पनि भीड लागेको छ ।

हिन्दुधर्मालम्बीहरूले साउन महिनाको सोमबार र साउन माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बसेर पूजा आराधना गर्ने गर्दछन् ।आज बिहानै स्नान गरि शिवालयमा पूजा एंव दर्शन गरेमा मनोकांक्षा पुरा हुनुका साथै अटल शौभाग्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेकाे छ ।

सनातन नेपाली समाजमा साउन महिनाभरका सोमबार भगवान् शिवको विशेष पूजाअर्चना व्रत-उपवास गर्ने परम्परा समेत रहकाे पाइन्छ ।