Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

विपिनको आमा र बहिनी इजरायल उडे

२७ सोमबार , श्रावण २०८२एक महिना अगाडि

विपिनको आमा र बहिनी इजरायल उडे

कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका अन्तर्राष्ट्रिय दबाब बढाउन उनका आमा र बहिनी इजरायल गएका छन् । हमासबाट बन्धक बनाइएका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा पदमा र बहिनी पुष्पा बिहान ९ बजेको फ्लाइ दुबईको फ्लाइट मार्फत इजरायल गएका हुन् ।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा कञ्चनपुरका जोशी बेपत्ता भएका थिए । उनै विपिन जाेशीलाई हमासले बन्धक बनाएका र उनकाे खोजीका लागि आमा र बहिनी इजरायल गएका हुन् ।

लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएको र त्यसैकाे लागि उनीहरु इजरायल गएका हुन् । इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्‍याएर दबाब बढाउने रणनीति लिएको हो ।

नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका गरेका छन् । उनीहरुले इजरायलका उच्च नेता, कर्मचारी र सेनाका अधिकारसँग भेटवार्ता गर्ने बताइएकाे छ ।