Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बस र माइक्रो ठोक्किंदा तीनको मृत्यु १५ घाइते

२७ सोमबार , श्रावण २०८२एक महिना अगाडि

बस र माइक्रो ठोक्किंदा तीनको मृत्यु १५ घाइते

सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा बस र माइक्रो ठाेक्किएर दुर्घटना हुँदा २ जना पुरुष र १ महिलाकाे ज्यान गएकाे हाे ।

काँकडभिट्टाबाट खाेटाङकाे दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता खतिवडाका अनुसार निधन हुनेको पहिचान नखुलेको र घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको बताइएकाे छ । बस चालक झापा अर्जुनधारा नगरपालिका-१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।