Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

माबिलुङ इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला

२७ सोमबार , श्रावण २०८२एक बर्ष अगाडि

माबिलुङ इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला

आजदेखि माबिलुङ इनर्जी लिमिटेडको प्राथमिक सेयर(आईपीओ) सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७ सय ६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा(संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमश : १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित आईपीओको लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ ।

आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको आईपीओ इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म रहेको कम्पनीले जनाएको छ ।