Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मनाङमा सार्वजनिक यातायातको भाडादर घटाइयो

२७ सोमबार , श्रावण २०८२एक महिना अगाडि

मनाङमा सार्वजनिक यातायातको भाडादर घटाइयो

हिमाल पारीको जिल्लाको रुपमा परिचित मनाङको बेसीसहर-चामे-खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइएको छ । सार्वजनिक यातायात आचारसंहिता, २०६७ को परिपालना गर्नेसम्बन्धी निर्णयको पालनका सम्बन्धमा बृहत् छलफल पश्चात् भाडादर घटाइएको हो ।

सार्वजनिक यातायातको साविकको तुलनामा आधा भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिएका छन् । नयाँ भाडादर आगामी भदौ १ गतेबाट लागु हुनेगरि घटाईएको र उक्त आचारसंहिताको पूर्ण रूपमा परिपालना गर्न निर्देशन दिने, सोको निरन्तर अनुगमन, मुल्यांकन गर्ने तथा उल्लंघन भएको पाइएमा कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको छ ।

हाल सडकखण्डको अवस्थामा आएको सुधार, यात्रुको भाडादरमा भएको समायोजन तथा जिल्लाको स्वीकृत जिल्ला दररेटका आधारमा ढुवानीको दरसमेतलाई समायोजन गर्ने निर्णय गरिएको छ । अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकबाट भाडादर निर्धारण गरिएको उक्त निर्णयले स्थानीयलाई सहज हुनेछ ।

यसअघि १ हजार ५ सय रुपैयाँ भाडा लिने उक्त रुटको भाडादर हाल ७ सय ५० रुपैयाँ  निर्धारण गरिएको छ ।