
पत्रकार सन्दीप राई राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा नियुक्त भएका छन् । हिँजाे साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राईलाई मन्त्रिपरिषद्को बैठकले राससको महाप्रबन्धक नियुक्त गरेको हो । पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राई दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहेका छन् ।
पत्रकारिता क्षेत्रमा अनुभवी राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको छन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईसँग पत्रिका, रेडियो र अनलाइनमा काम गरेकाे अनुभव रहेकाे छ ।