Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मुगुमा गमगढी–बालै–पिना सडक दुई महिनादेखि अवरुद्ध

२८ मंगलबार , श्रावण २०८२एक महिना अगाडि

मुगुमा गमगढी–बालै–पिना सडक दुई महिनादेखि अवरुद्ध

बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड करिब दुई महिनादेखि अवरुद्ध भएको छ । लगातारको झरीपछि खसेको बाढीपहिराका कारण दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा खाद्यान्न र औषधि ढुवानीमा समेत समस्या भएको स्थानीयले बताएका छन् । सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न समेत कठिन भएको र बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ भने दलदल माटो बगेर मान्छे हिँड्न पनि समस्या भएको छ । यता अवरुद्ध सडक खुलाउनतर्फ गमगढी नगरपालिकाका कार्यवाहक प्रमुखले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेको र वर्षा रोकिनासाथ पहिरो पन्छाउने बताए ।