Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

थिमि नगरवासीलाई निःशुल्क रगत

२८ मंगलबार , श्रावण २०८२एक महिना अगाडि

थिमि नगरवासीलाई निःशुल्क रगत

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत वितरणलाई निरन्तरता दिने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग सम्झौता नवीकरण गर्दै मध्यपुर थिमीले नगरबासीलाई निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको हो ।

हिजो भएको उक्त सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार मध्यपुर थिमि नगरबासीले रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गरेको भक्तपुर रक्तसञ्चार सेवा केन्द्रबाट निःशुल्क रगत तथा रक्ततत्त्व प्राप्त गर्न सक्ने बताइएको छ ।

सम्झौता अनुसार आवश्यक शुल्क रेडक्रसले नगरपालिकासँग सोधभर्ना मागेपछि नगरपालिकाले भुक्तानी दिने सम्झौतामा उल्लेख गरिएको छ । यसअघि मध्यपुर थिमि नगरपालिका र रेडक्रस सोसाइटी भक्तपुर शाखाबीच पहिलो पटक २०७९ साउन ४ गते निःशुल्क रगत तथा रक्ततत्त्व प्रदान गर्नेबारे सम्झौता भएको थियो ।