Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

देशभर माैसम बदलीसँगै ठाउँ ठाउँमा भारी वर्षा

२९ बुधबार , श्रावण २०८२एक महिना अगाडि

देशभर माैसम बदलीसँगै ठाउँ ठाउँमा भारी वर्षा

आज पनि मुलुकभरकाे माैसम बदली हुनुका साथै केही स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ ।  जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा तराई आसपास रहेकाले माैसम बदलीसँगै  ठाउँ ठाउँमा भारी वर्षाकाे सम्भावना रहेकाे हाे ।

महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया माैसमा बदली हुनुका साथै देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे र मधेश प्रदेशलगायत कोशी, बाग्मती, गण्डकी,कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने बताइएकाे छ । त्यसैगरि उक्त प्रदेशहरुका एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकाे पहाडी भु-भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ । त्यस्तै गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।

त्यसैगरि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ भने लुम्बिनी प्रदेशकाे तराईका केही स्थान,गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले सतर्क रहन आग्रह गरेकाे छ ।