Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

२९ बुधबार , श्रावण २०८२एक महिना अगाडि

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

मुलुकभरका विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरिएकाे छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले पाटन, पोखरा, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन् ।

निकै लामो प्रतीक्षापछि साउन २७ गते चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएकाे हाे । उपकुलपति नियुक्त हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेसको कोटाबाट प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ उपकुलपति बनेका छन् ।

त्यसैगरि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमाले ओली निकट प्रा.डा. बुद्धि पौडेलले उपकुलपतिको जिम्मेवारी पाएका छन् । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भरतबहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.पुजनकुमार रोकायाले उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।  

राजतीतिक भागबन्ड अन्तर्गत बीपी र कर्णाली कांग्रेस, पाटन र पोखरा एमालेको भागमा परेकाे थियाे ।