
उदयपुरमा जंगली च्याउ खाँदा एकै परिवारका आठजना बिरामी परेका छन् । विषालु जंगली च्याउ खाँदा एकै परिवारका आठजना बिरामी परेका हुन्।
उदयपुरकाे चौदण्डीगढी नगरपालिका-९, अजगराका ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया सञ्जु सदा, २९ वर्षीया मञ्जु, २९ वर्षीया सरिता, १० वर्षीया सन्ध्या, ११ वर्षीया सन्जा र ५५ वर्षीय लल्कु सदा बिरामी परेका हुन् ।
हिजो घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाएका सदा परिवारका आठजना बिरामी परेकाे बताइएकाे छ । उक्त च्याउकाे तरकारी खाएपछि बान्ता हुने र टाउको दुख्ने जस्ता समस्या देखिएको थियो ।
बिरामी मध्य तीन जनालाई गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियाे । जिल्ला प्रहरी कार्यालय उदरपुरका अनुसार हाल सामान्य अवस्थामा आठै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।