Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सागर डिष्टिलरीको आईपीओ बिक्री खुला गर्दै

२९ बुधबार , श्रावण २०८२एक महिना अगाडि

सागर डिष्टिलरीको आईपीओ बिक्री खुला गर्दै

आजबाट सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि  कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसोमध्ये १० प्रतिशतले हुन आउने अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २ सय कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि भदौ १ गतेसम्मका लागि निष्काशन गर्न लागेको हो ।

उक्त आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बताइएको छ ।