
२०८२ साउन २६, काठमाडौं ।
निबन्धकार गोपी मैनालीको निबन्धसङ्ग्रह ुअक्षरको मनु एक विशेष कार्यक्रमका बीच लोकार्पण भयो ।
मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालको आयोजनामा अनामनगर, काठमाडौंस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ इतिहासविद् दिनेशराज पन्तसहित अन्य आमन्त्रित व्यक्तित्वहरू साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकारहरु महेश प्रसाईं, प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, ठाकुर शर्मा भण्डारी, युवराज मैनाली, हरिभक्त सिग्देल, डा. हरिप्रसाद सिलवाल, डा।परशुराम पौड्यालले सो कृतिको सामूहिक रूपमा लोकार्पण गर्नु भएको हो ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा आमन्त्रित प्रमुख व्यक्तित्व दिनेशराज पन्तले गोपी मैनालीका निबन्धहरू माथिल्लो स्तरको हुने गरेको बताउँदै विषयवस्तुको गाम्भीर्यता,भाषा र शब्द चयन विशिष्ट हुने गरेको बताउनु भयो । उहाँको लेखनमा निराशा मात्र नभई आशाका किरण देखिने बताउँदै पहिलेकोभन्दा अहिलेका लेखहरूमा नयाँ नयाँ कुरा पढ्न पाइने बताउनु भयो ।
कार्यक्रमका सभापति कलानिधि दाहालले मुक्तिदर्शन साहित्य समाज नेपालको ब्यानरमा उक्त कृति लोकार्पण गर्न पाएकोमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा डा. हरिप्रसाद सिलवाल तथा डा।परशुराम पौड्यालले संक्षेपमा समालोचकीय मन्तव्य राख्नु भयो भने सापस अध्यक्ष राधेश्याम लेकाली, साहित्यकारहरु महेश प्रसाईं, प्रा.डा।खगेन्द्रप्रसाद लुइँटेल, युवराज मैनाली, वेदमणि घिमिरे, ठाकुर शर्मा भण्डारी, राजेन्द्र के.सी. लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा निबन्धसङ्ग्रह अक्षरको मनका सर्जक गोपी मैनालीले आफ्नो लेखकीय मन्तव्यमा पुस्तकभित्रका निबन्ध आफ्नो मनमस्तिष्कको तरङ्ग भएको बताउँदै आफू शिक्षा मन्त्रालयको सचिव हुँदा शिक्षामन्त्री भइसकेका महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण पनि गर्नु भयो । लेखक मैनालीले आफूले जीवनमा भोगेका कुराहरू अक्षर बनेर अभिव्यक्त हुने गरेको बताउनु भयो ।
कार्यक्रममा डा।अर्जुनदेव भट्टले स्वागत मन्तव्य र समाजका संस्थापक अध्यक्ष हरिभक्त सिग्देलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण कवि निर्मलरमण पराजुलीले गर्नु भएको थियो ।
सुभाषचन्द्र पौडेल