Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रिडी–तम्घास सकमा पहिरो खस्दा अवरुद्ध

३० बिहिबार , श्रावण २०८२एक महिना अगाडि

रिडी–तम्घास सकमा पहिरो खस्दा अवरुद्ध

गुल्मीकाे मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सकखण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान उक्त सडक खण्डकाे रुरुक्षेत्र गाउँपालिका-३, काे बाख्रे भीरमा  पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बिहान पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी रहे पनि निरन्तरको वर्षाले काममा अवरोध भएको बताइएकाे छ ।

अहिले पनि निरन्तर वर्षा भइरकेकाले वर्षा रोकिनासाथ अवरोध हटाएर यातायात सञ्चालनको अनुमति दिइने बताउँदै सूचना अधिकारी सारुले सडक नखुलेसम्म पानीट्याङकी-थोर्गा-सालबिसौनकाे वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन् ।