Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दाको चाङ

३० बिहिबार , श्रावण २०८२३ महिना अगाडि

प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दाको चाङ

काठमाडौँ जिल्ला प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । जिल्ला प्रहरी परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९ सय १५ मुद्दामा ६ हजार ५ सय ५३ मुद्दा बैंकिङ कसुरका रहेको छ ।

त्यसैगरी सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेको बताइएको छ भने परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।  

आर्थिक वर्ष २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा ३२ मुद्दा परेका छन् । त्यस्तै परिसरमा ज्यानमार्ने उद्योगका १ सय ४० मुद्दा दर्ता भएका पनि प्रमुख अधिकारीले जनाएका छन्।