Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

महाकाली नदीमा पानीको प्रवाह बढेपछी पुलमा ठूला सवारी सञ्चालनमा रोक

३० बिहिबार , श्रावण २०८२१० महिना अगाडि

महाकाली नदीमा पानीको प्रवाह बढेपछी पुलमा ठूला सवारी सञ्चालनमा रोक

लगातारको अविरल वर्षाको कारण महाकाली नदीमा पानीको प्रवाह बढेसंगै ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको हो ।  

महाकाली नदीमा पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह १ लाख २६ हजार ७ सय १२ क्यूसेक मापन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालायाका प्रवक्ता सागर बोहराका अनुसार अझै वर्षा भइरहेकाले पानीको प्रवाह बढ्न सक्ने बताइएको छ । अहिले नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ भने दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको छ ।