Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

लुकाइराखेको १ सय ९१ बाेरा रासायनिक मल बरामद

३१ शुक्रबार , श्रावण २०८२७ महिना अगाडि

लुकाइराखेको १ सय ९१ बाेरा रासायनिक मल बरामद

पर्सामा लुकाइराखेको अवस्थामा १ सय ९१ बाेरा रासायनिक मल बरामद गरिएको छ । किसानलाई वितरण नगरी घरमा लुकाइराखेको अवस्थामा पर्साको सखुवाप्रसौनी गाउँपालिका-३, कटैयाबाट उक्त मल बरामद गरिएकाे हाे ।

बजार मूल्यभन्दा धेरैमा मूल्यमा बिक्री गरेको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा कृषि सामग्री कम्पनी, साल्टटेडिङ कर्पोरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सखुवाप्रसौनी गाउँपालिका-३, कटैयामा सरकारी अनुदानको रासायनिक मल अनुगमन गर्दा दुई स्थानबाट १ सय ९१ बोरा बरामद गरेकाे हाे ।

साल्ट ट्रेडीङ कर्पोरेसन प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले सरकारी अनुदानको मल गलत ढंगले बिक्री वितरण गर्दै आइरहेको भन्ने गुनासाेका क्रममा अनुगमन गर्दा सो मल बरामद भएको जानकारी दिएका छन् ।

अनुगमन समितिले सखुवाप्रसौनी गाउँपालिका-३, कटैयाका ढाँडी अन्सारी भनिने युनिस अन्सारीको घरबाट सञ्चित अवस्थामा राखेको डिएपी २७ बोरा र पोटास २३ बोरा, सोही ठाउँका शाह महमद मलखाद भण्डारका सञ्चालक शाह महमद अन्सारीले आफ्नो घरमा लुकाइराखेको १ सय ४१ बोरा रासायनिक मल बरामद गरेको हाे । 

जसमा डिएपी मल नौ बोरा, पोटास मल १८ बोरा र सिङ्गल सुपर फस्फेट मल १ सय १४ बोरा बरामद गरेको बताइएको छ ।