Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मौसम तथा बाढीसम्बन्धी भ्रामक सूचना सार्वजनिक भएको भन्दै ध्यानाकर्षण

३१ शुक्रबार , श्रावण २०८२१० महिना अगाडि

मौसम तथा बाढीसम्बन्धी भ्रामक सूचना सार्वजनिक भएको भन्दै ध्यानाकर्षण

अहिले देशभर मनसुनी प्रभावको कारण मौसम बदलिसंगै परेको वर्षा र बाढी पहिरोको भ्रामक सूचना सार्वजनिक भइरहेको भन्दै जल तथा मौसम विज्ञान विभागले ध्यानाकर्षण भएको जनाएको छ । विभागले मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट सूचना सम्प्रेषण गर्ने कार्य भइरहेका कारण सर्वसाधारणमा अन्योल सृजना भई जनगुनासाहरू प्राप्त भएकाले ध्यानाकर्षण भएको बताएको हो ।

विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता भ्रामक सूचनाको विश्वास नगर्न अनुरोध गर्दै विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गरेकी छन् । मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना अति संवेदनशील विषय भएकाले आधिकारिक सूचना प्रयोग गर्न समेत अनुरोध गरेकी छन् ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, “मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना अति संवेदनशील विषय भएकाले तल उल्लेखित विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रेषित सूचना प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।”