Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मनसुनी गतिविधि केही कमजोर बने पनि केहि स्थानमा भारी वर्षा हुने

०३ मंगलबार , भाद्र २०८२१० महिना अगाडि

मनसुनी गतिविधि केही कमजोर बने पनि केहि स्थानमा भारी वर्षा हुने

अहिले मुलुकभर मनसुनी गतिविधि केही कमजाेर बनेकाे भएपनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा वर्षासँगै केहि स्थानमा भारी वर्षाकाे संभावना रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा आज दिनभर भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।

मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेका कारण नेपालमा मनसुनी गतिविधि भने केही कमजोर बनेको हाे । आज राति कोशी प्रदेशको तराई क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

अहिले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने देशका अन्य भूभागमा पनि मौसम आंशिक बदली भएको छ । आज बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतया बदली हुनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा मौसम बदली भई थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने र कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका बासिन्दालाई बाढी, पहिरो तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।