Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

बास नेपालको डिजिटल खबरदारी

०४ बुधबार , भाद्र २०८२१० महिना अगाडि

 बास नेपालको  डिजिटल खबरदारी

२०८२ भाद्र ३ गते राष्ट्रिय सूचना दिवसमा देशभर सचेतना भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले १९औं राष्ट्रिय सूचना दिवस को अवसरमा देशभर डिजिटल सचेतना सन्देस प्रवाह गरेको छ । सूचनाको अधिकार लोकतन्त्रको आधार नाराका साथ सूचना लिन पाउने नागरिक अधिकारलाई सहज बनाऔं भन्ने सन्देस प्रवाह गर्दै राष्ट्रिय सूचना दिवस ७७ वटै जिल्ला शाखाहरु मार्फत मनाइएको हो । १९औं राष्टिय सूचना अधिकार दिवसको शुभकामना सन्देस सहित सामाजिक सञ्जालको माध्यमबाट सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै बास नेपालले डिजिटल खबरदारी गरेको हो ।

सूचनाको हक सबैको सरोकार, सूचना मागौं भ्रष्टाचारको अन्त्य गरौं, सूचना हाम्रो अधिकार ः सुशासन र विकासको अधार, पारदर्शि सूचना प्रवाह हुदैन भ्रष्टाचारको भय, सबैको चाहना सूचना मैत्री सेवा प्रवाह लगायतका सन्देस प्रवाह गर्दै डिजिटल अभियान सञ्चालन गरिएको थियो । बास नेपालका सबै शाखाहरु मार्फत अभियानलाई अगाडी बढाउन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, कोसी प्रदेश इन्चार्ज इन्द्र बहादुर केसी, मधेष प्रदेश इन्चार्ज गोबिन्द बिष्ट, बाग्मती प्रदेश इन्चार्ज सागर बोहरा, गण्डकी प्रदेश इन्चार्ज कमल बहादुर शाही, लुम्बिनी प्रदेश इन्चार्ज सिम्रत कौर, कर्णाली प्रदेश इन्चार्ज भगवती बिसी र सुदुरपश्चिम प्रदेश चिरन्जिबी छेडालको अगुवाई गरेका थिए । बास देशका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरि सुशासन प्रबद्र्धनका कार्य गर्दै आएको छ ।