Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

बौद्ध धर्मावलम्बीहरूले पञ्चदान पर्व मनाउँदै

०५ बिहिबार , भाद्र २०८२१० महिना अगाडि

बौद्ध धर्मावलम्बीहरूले पञ्चदान पर्व मनाउँदै

आज भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध धर्मावलम्बीहरूले पञ्चदान पर्व मनाउँदै छन् । बौद्ध धर्मावलम्बीहरूले दीपङ्कर बुद्धको पूजाअर्चना गरेर पञ्चराँ (पञ्चदान) पर्व मनाउन लागेका हुन् ।

बौद्ध धर्मावलम्बीहरूले आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार काठमाडौँको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवहीको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर-९ सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन रहेकाे छ ।

भक्तपुरका सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी  द्वारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपङ्कर बुद्धका प्रतिमालाई बाजागाजा तथा स्तोत्रपाठका साथ नगर  परिक्रमा गराउने परम्परा रहेकाे छ । पछिल्लाे केही दशकयता भक्तपुरमा यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् ।