Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बैतडीको पञ्चदेवलमा प्राचीन नाच

०६ शुक्रबार , भाद्र २०८२३ महिना अगाडि

बैतडीको पञ्चदेवलमा प्राचीन नाच

पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर प्राङ्गणमा गौरापर्व ।                        
दशरथचन्द नगरपालिका ४ मनाईने गौरा पर्वका दिन मुख्य आकर्षणका रूपमा लाखेनाच रहने गरेको छ । स्थानीय भट्ट र मार्कण्ड जातिक पाँच वा सात जनाले शरीरमा लुगा नलगई पवित्र रूख विरूवाहरू पातले शरीर ढाकेर  हातमा त्रिशुली  समातेर  लाखेनाच नाचे गौरा मनाउने चलन रहेको छ । बैतडी पञ्चदेवलमा शरीरमा रूखका पात बेरेर लाखेनाच नृत्य सहित प्राचीन गौरा पर्व मनाईएको छ । बैतडी सदरमुकाम नजिकै  देवलहाटमा स्थित पञ्चदेवलमा गौरमा मात्र लाख्य लाखेनाच नाचिने प्राचिन प्रचलन छ ।    
लाखेनाच मन्दिर एकसय मिटर दुरीमा रहेको सुकनाली कुवामा स्नान गरि शरीरमा तरूलका लहर केराकोपात अन्य आयुर्वेदिक लहरा पात प्रयोग गरिन्छ।
लाखेनाच नृत्यमा सहमागी हुनेले कमेरो रातो माटो खरानीको टिका लगाउने चलने रहेको छ ।
गौरा पर्व लाखेनाच २०८२ साल भदौ १५ गते देवलहाट । दशरथचन्द नगरपालिका ४ देवलहाटस्थित गौराखलामा गौरा पर्वको बेला अठ्यावालीका दिन प्रदर्शन गरिने प्रसिद्ध लाखे नाच  यो वर्ष पनि देवलहाट मा प्रदर्शन गरिने भएको छ । परापूर्वकालदेखि सो ठाउँमा गौराको अवसरमा लाखे नाच देखाउने परम्परा अनुसार यो बर्ष पनि प्रदर्शन गरिन लागेको हो । गौराको बेला विभिन्न ठाउँमा ठाउँ र परम्परा अनुसार विभिन्न खालका ऐतिहासिक खेल र नाच प्रर्दशन गर्ने गरिएको भए पनि बैतडीको देवलहाटस्थित गौराखालामा भने हेर्दा अनौठो लाग्ने लाखे नाच प्रदर्शन गरिने गरिएको छ । गोःरा पर्व २०८२ को हार्दिक मङ्गलमय शुभकामना !
यस श्री पञ्चपरौली समाज आयोजनामा यही भदौ १५ गते दिउँसो १२ बजेदेखि पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर मन्दिरको प्राङ्गणमा सम्पन्न हुन गइरहेको गोः रा पर्व विशेष लाखेनाच कार्यक्रममा सहभागी भइदिन हुन सम्पूर्ण बाबु आमा दिदी बहिनी दाजु भाई पत्रकार शिक्षक व्यापारीकर्मचारी बुद्धिजीवी समाजसेवी संस्कृतिप्रेमी महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ । 
पञ्चपरौली समाज 
द न पा वडा नं ४देवलहाट बैतडी उद्दव मार्कण्ड