Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

तीन दिनमा नाडा अटो शो ७८ हजार बढीले अवलोकन गरे

०६ शुक्रबार , भाद्र २०८२१० महिना अगाडि

तीन दिनमा नाडा अटो शो ७८ हजार बढीले अवलोकन गरे

काठमाडौंको भृकुटीमण्डपमा आयाेजना गरिएकाे १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा तीन दिनकाे अवधिमा ७८ हजार बढीले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेकाे उक्त शाे मा उत्साहजनक सहभागिता जनाउँदै तीन दिनकाे अवधिमा ७८ हजार ५ सय १३ जनाले अवलोकन गरेका हुन् ।

अटो शोको पहिलो दिन भदाै ३ गते १९ हजार ७ सय ६ जनाले अवलोकन गरेका थिए भने दोस्रो दिन भदाै ४ गते २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका थिए । त्यसैगरि तेश्राे दिन भदाै ५ गते २९ हजार ८ सय २९ जनाले अवलोकन गरेकाे आयाेजकले जनाएकाे छ ।

भृकुटीमण्डपमा भदाै ८ गते आइतबारसम्म चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन् भने अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि गरिएको छ ।

उक्त अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने छन् भने अटो शोमा १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएको छ । अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन् ।

त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ । जस्मा स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ ।

त्यसैगरि अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन् भने एक दर्जनभन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिएकाे र विद्युतीय सवारीसाधन पनि उल्लेख्य रुपमा प्रदर्शनीमा राखिएका छन् ।