Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

धान गोड्दै गरेका वृद्धाको लडेर मृत्यु

०६ शुक्रबार , भाद्र २०८२१० महिना अगाडि

धान गोड्दै गरेका वृद्धाको लडेर मृत्यु

सप्तरीमा खेतमा धान गोड्दै गरेका वृद्धाको लडेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर वृद्धाको मृत्यु भएको हाे ।

गाउँपालिका-६, बभनगाकी ६५ वर्षीया पवनदेवी यादवको धान गोड्ने क्रममा लडेर खेतमै मृत्यु भएको हो । 

बिहान साढे ९ बजेतिर आफ्नै खेतमा धान गोड्दै गर्दा अचानक लडेर बेहोश भएपछि उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जनाएका छन् ।

प्रहरी उपरीक्षक बस्नेतका अनुसार मृतक यादवको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको बताइएकाे छ ।