
काठमाण्डौ ।राष्ट्रियता सम्बन्धि एक पछि अर्को बढ्दो खतरा र किसानसँग सम्बन्धित जल्दा बल्दा समस्यालाई लिएर चार किसान संगठनको बैठक काठमाण्डौमा बस्यो । बैठकले अहिलेसम्म पनि सरकारले राष्ट्रियता र किसानसँग सरोकार राख्ने गम्भीर राष्ट्रिय महत्वका ज्वलन्त समस्यामाथि ध्यान नदिएको र निरन्तर बेवास्ता गरेको निचोड निकाल्दै यसले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीबिकामाथि अत्यन्तै गम्भीर असर पार्ने र यसका बिरुद्ध सचेत र संगठित किसिमले ब्यापक जन समुदाय खडा हुनु पर्ने आवश्यकता महसुश गरेको छ ।
बैठकका निर्णयहरु यस प्रकार छन् स्
१।भारतीय प्रभूत्ववादी बिस्तारबादी शक्तिले बर्षौदेखि नेपाली भूमि अतिक्रमण र ठाडो हस्तक्षेप गरेर नेपालको सार्बभौमिक अखण्डता र स्वाधीनतामाथि निरन्तर खतरा पु¥याइरहेको र बिबाद खडा गरिरहेको तथा नेपाली जनताले त्यस अतिक्रमण र हस्तक्षेपको अबिछिन्नरुपमा बिरोध गरिरहेको सन्दर्भमा त्यसै लिपुलेक क्षेत्र भएर हालै चीन र भारतले सीमा ब्यापारका निम्ति नाका खोल्ने जुन सम्झौता गरेका छन् त्यो नेपालमाथि भारतले दशकौंदेखि गर्दै आएको यो नाङ्गो हस्तक्षेप र अतिक्रमणलाई यो समस्या बुझेको चीनले समेत मान्यता दिएर नेपालसँग पञ्चशील, संयुक्त राष्ट्र संघको बडापत्र र अन्ताराष्ट्रिय कानुनको मूल्य मान्यतामा आधारित रँहदै आएको नेपाल र चीन बिचको सुसम्बन्धलाई खलल पु¥याएको छ । अतः यो चीन र भारत बीचको नेपाली भौगोलिक अखण्डता मिचेर जबर्जस्ती गरिएको अतिक्रमणकारी सीमा ब्यापार बिस्तार सम्झौता खारेज गरिनु पर्दछ भन्ने बैठकले जोडदार माग गरेको छ ।
२। अमेरिकी ट्रम्प प्रशासनले स्थगित गरेको र पुन सुचारु गरेको नेपाल र नेपाली जनता बिरुद्धको एमसीसी सम्झौताले अमेरिकाले नेपाललाई सैन्य अखडामा परिणत गरी चीनलाई घेराउ गर्ने उसको अभिष्ठलाई पुनः प्रष्ट पारेको छ । अतः अनुदानको पाखण्डपूर्ण नाम राखेर आएको यो अमेरिकी बिश्व रणनीतिको एक अंग इण्डो–प्याशिफिक रणनीति९आईपीएस० अन्तरगतको हस्तक्षेपका बिरुद्ध खडा हुन र यसको खारेजीको आन्दोलनलाई अघि बढाउन तथा नेपाललाई साम्राज्यबादको अखडा बन्न नदिन नेपाली जनता संयुक्तरुपमा संघर्षशील रहनुको कुनै बिकल्प छैन भन्ने निष्कर्श बैठकले पुनः निकालेको छ ।
३।सरकारले किसान बिरोधी बिबादास्पद भूमि ऐन पास गरेर कृषि र किसानलाई कर्पोरेट पूँजीवादको पकडमा पुर्याउने चुन खतरनाक खेलबाड गरेको छ त्यसको बैठकले जोडदार बिरोध गरेको छ र नेपालको कृषि र जीवनदायिनी शक्ति किसानलाई जोगाउन सम्पूर्ण किसानहरु र देशका सबै क्षेत्रका सचेत बुद्धिजीवी समेत एकजुट भएर राष्ट्रब्यापीरुपमा आवाज उठाउदै संघर्ष गर्नु अत्याबश्यक रहेको बैठकले आह्वान गरेको छ ।
४। खेती योग्य जमिनलाई घडेरीको मूल्यको लोभ देखाएर कृषिबाट किसानलाई बिस्थापित गर्ने र अन्ततः स्थानीय निकायलाई नै कमजोर तुल्याउने प्रपञ्चलाई रोक्नु पर्ने माग पनि बैठकले गरेको ।
५। कृषिमा बढ्दो बिषादीकरण र रासायनिककरणले प्रकृति, माटो, बालीनाली र मानिसको स्वास्थ्य समेतलाई गम्भीर नकारात्मक असर पारिरहेकोले त्यसको बिकल्प प्रकृतिमैत्री र जन स्वास्थ्य मैत्री कृषि बिकास प्रबढ्दो बाह्य हस्तक्षेप,
६।नीजी क्षेत्रलाई सुम्पेका झापा र ईलामका चिया बगानले बर्षौदेखि राज्यलाई राजश्व नबुझाएको यथार्थ छानबिन होस् र राजश्व छल्ने त्यस्ता अपराधीलार्य जरीमाना र हर्जानासहीत त्यस्ता चिया बगान मालिकबाट यथाशिघ्र राजश्व असुल उपर गरियोस भन्ने पनि बैठकले जोडदार माग गरेको छ
७ बैठकले राष्ट्रियता, कृषि, किसान तथा राष्ट्रिअर्थतन्त्रमाथि बढ्दो खतरालाई लिएर बिषय बिशेषज्ञहरु सहीतका अन्तरकृया गर्ने समेत निर्णय लिएको छ ।
सीताराम तामाङ्ग भैरबराज रेग्मी
अध्यक्ष अध्यक्ष
क्रान्तिकारी किसान महासंघ नपाल अखिल नेपाल किसान महासँघ९अप्फा०
लोकनारायण सबेदी दुर्गाप्रसाद जैसी
इञ्चार्ज अध्यक्ष
अखिल नेपाल किसान यूनयिन अअिल नेपाल प्रगतिशील किसान संघ
२०८२ भाद्र ६