Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

विद्यालय शिक्षा विधेयकका बिरुद्ध आन्दोलन घोषणा

०८ आइतबार , भाद्र २०८२२२ दिन अगाडि

विद्यालय शिक्षा विधेयकका बिरुद्ध आन्दोलन घोषणा

विद्यालय शिक्षा विधेयकका बिरुद्ध सरोकारवालाले आन्दोलन घोषणा गरेका छन् । विद्यालय शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको भन्दै सरोकारवालाले आन्दोलन घोषणा गरेका हुन् ।

उनीहरुले सेवा प्रवेश उमेरहद ४० वर्ष पुर्‍याउनुपर्ने र १२ कक्षा उत्तीर्णले आधारभूत तहमा पढाउनुपर्ने माग नसमेटिएको भन्दै आन्दोलन घोषणा गरेका छन् । राष्ट्रिय संघर्ष समितिले आन्दोलन घोषणा गर्दै ४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राखेर आफ्ना सबै पदाधिकारी र सदस्यलाई विरोध गर्न आग्रह गरेको छ ।

संघर्ष समितिले गैरजिम्मेवार शक्तिविरुद्ध नेपाली नागरिक, शिक्षक तथा बुद्धिजीवी सबैलाई एकजुट हुन अपिल गरेको छ । संघर्ष समितिका अध्यक्ष भक्त बुढाले विज्ञप्तिमार्फत राज्यले युवालाई कम सोचेर दबाउने प्रयास गरेको र त्यसलाई परास्त पार्ने रणनीतिमा समिति कटिबद्ध रहेको जनाएका छन् ।

केही दिनअघि शिक्षा समितिको उपसमितिले बाहिर ल्याएको प्रतिवेदनमा आफ्ना माग छलफल गरिए पनि नसमेटिएको उल्लेख गर्दै आन्दोलन घोषणा गरेको बताइएको छ ।