Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

वैदेशिक रोजगारीको प्रलोभन देखाई ४३ लाख ठगी गर्ने पक्राउ

०८ आइतबार , भाद्र २०८२२२ दिन अगाडि

वैदेशिक रोजगारीको प्रलोभन देखाई ४३ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगि गर्ने एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१४, घर भाई ललितपुर महालक्ष्मी नगरपालिका-२, बस्ने २९ वर्षीय वसन्त कार्की पक्राउ परेका हुन् ।

पक्राउ परेका कार्कीले वैदेशिक रोजगारीको लागि आकर्षक तलबमा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको बताइएको छ । कार्की इडियु सर्च नेपाल बानेश्वरका संचालक रहेको र उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको हो ।  

प्रहरीका अनुसार वसन्तले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो ।

हाल पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।