Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

स्थायी लेखा नम्बर लिनेको संख्या झन्डै ७० लाख

०८ आइतबार , भाद्र २०८२२२ दिन अगाडि

स्थायी लेखा नम्बर लिनेको संख्या झन्डै ७० लाख

अर्थ मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा झन्डै ७० लाख उपभोक्ताले स्थायी लेखा नम्बर लिएका छन् । एक वर्षमा  ७ लाख ७३ हजार २ सय १७ करदाता थपिएसँगै स्थायी लेखा नम्बर लिने करदाताको संख्या गत असार मसान्तसम्म ६९ लाख ९९ हजार ३५० पुगेको अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार करकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान), स्थायी लेखा नम्बर (डब्ल्यूप्यान), व्यक्तिगत स्थायी लेखा नम्बर(पीप्यान) लिनेको संख्या क्रमशः बढेको बताइएको छ । जसअनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान) लिनेको संख्या एकै वर्षमा २ लाख ८ हजार ४ सय ३० ले बढेर २० लाख ६० हजार ७ सय ५८ पुगेको छ भने डब्ल्यूप्यान लिनेको संख्या २ हजार ५ सय ४२ ले बढेर ३५ हजार ८ सय ७० पुगेको अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाले जनाएको छ ।

त्यस्तै व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेकोसंख्या एक आर्थिक वर्षमा ६ लाख ५४ हजार १८ जनाले लिएका छन् । जसअनुसार कुल व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४९ लाख २ हजार ७ सय २२ पुगेको छ । आन्तरिक राजश्व विभाग र सो मातहतका निकायबाट यस्तोनम्बर निःशुल्क दिने गरिएको र यो नम्बरले व्यक्तिको आर्थिक कारोबारलाई व्यवस्थित र कानूनी बनाउन मद्दत गरिरहेको कर अधिकारीहरूले बताएका छन् ।