Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गर्ने

०९ सोमबार , भाद्र २०८२१० महिना अगाडि

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गर्ने

आज निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा देशभर प्रदर्शन गर्ने भएका छन् । उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा घेराउ सहितको प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन घोषणा गरेका निजी विद्यालय सञ्चालकहरूले बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रतिनिधिसभा घेर्न जाने तयारी गरेकाे प्याब्सनका केन्द्रीय सल्लाहकार डिके ढुंगानाले जनाएका छन् । त्यस्तै बिहान ११ बजे सातै प्रदेशका प्रदेशसभा भवन अगाडि धर्ना दिने कार्यक्रम रहेको पनि उनले बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणको आन्दोलन सुरू गरेका हुन् भने प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्था आन्दोलनमा होमिएका छन् ।

सरकारले निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका व्यवस्थाको विरोधमा निजी विद्यालय आन्दोलनमा हाेमिएका हुन् ।