Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

उच्च शिक्षा अध्यनका लागि एक खर्ब ३८ अर्ब बढी रकम बाहिरियाे

०९ सोमबार , भाद्र २०८२१० महिना अगाडि

उच्च शिक्षा अध्यनका लागि एक खर्ब ३८ अर्ब बढी रकम बाहिरियाे

मुलुकभर उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू सञ्चालनमा भएपनि विदेशमा उच्च शिक्षा अध्यनका लागि १ खर्ब ३८ अर्ब भन्दा बढी रकम बाहिरिएकाे छ । एक वर्षकाे अवधिमा विदेशमा अध्यन गर्न जानेहरूबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको हाे ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार शिक्षाका लागि मात्रै एक वर्षमा १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको बताइएकाे छ । अघिल्लो आर्थिक वर्ष शैक्षिक गतिविधिका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो ।

त्यसैगरि सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।आव २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको केन्द्रीय बैङ्कले जनाएकाे छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समिक्षा वर्षमा भ्रमण आयत ७.७ प्रतिशतलृ वृद्धि भई ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ रहेकाे थियो ।