Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

महिलाहरूकाे पर्व हरितालिका तीज मनाइँदै

०९ सोमबार , भाद्र २०८२२१ दिन अगाडि

महिलाहरूकाे पर्व हरितालिका तीज मनाइँदै

नेपाली हिन्दु महिलाहरूकाे प्रशिद्ध पर्व हरितालिका तीज विविध कार्यक्रमका साथ मनाइँदै छ । आज हरितालिका तीजको अघिल्लो दिन दर खाएर भाेलि तीजको ब्रत बसेर याे पर्व मनाउने गरिन्छ ।

माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेकाे छ भने अघिलाे दिन खाएकाे दरले भाेलिपल्ट हरितालिका तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्त हुने विस्वास रहेकाे छ । जसकाे कारण तीजकाे अघिल्लो साँझ नेपाली हिन्दु महिलाहरुले दर खाने गर्दछन् ।

दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा र आडिला परिकार खाने गरिन्छ । पछिल्लो समय तीज मनाउने शैली फेरिँदै गएको छ भने महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको पाइन्छ ।

दिदीबहिनी भेटघाट गर्ने, दुःखसुख एवं आपसी अनुभवलाई गीतमार्फत व्यक्त गर्ने र मिठा परिकार खाएर तीज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा समेत लिन थालिएको छ । 

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको सोही कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन चलेकाे हाे ।