
भारतले लामो समयदेखि लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतकै हो भनेर दावी गरिरहेको छ । चुच्चे नक्सामा रहेका यी नेपाली भूभागमा नेपालको सरकार छैन, भारतको हालीमुहाली चलिरहेको छ । यही बेलामा १० वर्ष अघिको सहमति दोहो¥याउँदै भारत र चीनले नेपालको लिपुलेकबाट व्यापार गर्ने सहमति गरेर नेपालको सार्वभौमिकतामा जोल्ट दिएका छन् । नेपाल संकटमा फसेको छ ।
यस्तो संवेदनशील समयमा के गर्ने ? कसरी नेपालको भूभाग बचाउने ? भएका प्रमाणलाई देखाएर कसरी कूटनीतिक वार्ता गर्ने ? चीनलाई बुझाउने, भारतलाई संवादमा ल्याउने ? कुनै चासो नराख्ने सांसदहरू संसदमा उपस्थितिसमेत जनाउन छाडेका छन् । लोकतन्त्र भन्नेहरूको राष्ट्रियता कस्तो हो ?