Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

शिवालयहरूमा तीज मनाउनेकाे घुइँचाे

१० मंगलबार , भाद्र २०८२२० दिन अगाडि

शिवालयहरूमा तीज मनाउनेकाे घुइँचाे

आज बिहानैदेखि हरितालिका तीज मनाउन काठमाडाैँकाे पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरूमा व्रतालुहरूको घुइँचो लागेको छ । हिन्दु महिलाहरूकाे विषेश चाड हरितालिका तीज (भाद्र शुक्ल तृतीया)काे दिन व्रतालुले शिव-पार्वतीको विशेष पूजा आराधना गर्ने भएकाले शिवालयहरूमा बिहानैदेखि भिड लागेकाे हाे ।  

परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास रहेकाले हरितालिका तीज पर्वमा व्रतालुले शिव-पार्वतीको विशेष पूजा आराधना गर्ने गर्दछन् । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी किंवदन्तीअनुसार आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव पार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास रहेकाे छ ।

तीजको अवसरमा महिलाहरू भेला भएर नाचगान गर्दै वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक समेत गर्दे गरका छन् । हिँजाे दर खाएपछि औपचारिक रूपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । 

तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ ।