Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पौडी खेल्न गएका एकजना बेपत्ता,खोजी कार्य जारी

१० मंगलबार , भाद्र २०८२२० दिन अगाडि

पौडी खेल्न गएका एकजना बेपत्ता,खोजी कार्य जारी

त्रिशूली नदीमा पौडी खेल्न गएका दुइ बालक मध्य एक बेपत्ता भएका छन् भने एकको सकुशल उद्धार गरिएको छ । देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१६, मङ्गलपुरका १७ वर्षीय  कृष्ण लामिछानेलाई सोमबार साँझ नदीले बगाएको बताइएकाे छ भने भरतपुर –१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको छ ।

इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले वेपत्ता बालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक अशोक थापाले जनाएका छन् ।