
सरकारले विभिन्न २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । सरकारले सेवा प्रवाहमा सहजता ल्याउनका लागिय २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएकाे हाे ।
भदाै ९ गते बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको बताइएकाे छ । मन्त्रिपरिषदकाे उक्त प्रस्ताव प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ ।
सरकारकाे गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो । मन्त्रालयले सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न इलाका प्रशासन स्थापना गर्न लागिएको जनाएको छ ।
आगामी दिनमा समेत थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना रहेकाे छ भने नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकलाई सहज र सरल सेवा प्रवाहमा विशेष जोड दिएकाे बताइएकाे छ ।