Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

राज्यव्यवस्था समितिको आज मनोनयन भाेलि निर्वाचन

१० मंगलबार , भाद्र २०८२२० दिन अगाडि

राज्यव्यवस्था समितिको आज मनोनयन भाेलि निर्वाचन

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति रामहरी खतिवडाले राजीनामा दिएपछि खालि रहेकाे सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ ।

समितिको सभापतिका लागि आज मनोनयन दर्ता गरेसँगै भालि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका रहेकाे छ । तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि राज्यव्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ ।

तत्कालीन सभापति खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।