Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

१० मंगलबार , भाद्र २०८२२० दिन अगाडि

इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलाेभन देखाइ इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ परेका छन् । स्याङ्जा पुतली बजार नगरपालिका-१, बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका-१५, बस्ने ५० वर्षीय योगेन्द्र घले पक्राउ परेका हुन् ।

सुसनले इजरायल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख रुपैयाँ लिई ठगी गरेका थिए । रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

सुसन र याेगेन्द्र रकम लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौँ महानगरपालिका-९ र योगेन्द्रलाई काठमाडौँ महानगरपालिका-१० बाट पक्राउ गरेको थियाे । उनिहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।