
श्रमदानको ६ सय हप्ता नाघिसक्यो, बागमती सभ्यता एकीकृत विकास समितिले काम गरिरहेको छ, बागमती सफा हुनसकेन । २९ वर्षमा २१ अर्ब खर्च भइसक्यो, बालुवामा पानीहाले सरह भयो । यही समितिले २० वर्षे योजना बनाएको छ, २ खर्ब ८० करोड बजेट बनाएको छ ।
राजनीतिक नियुक्त हुने भएकाले पार्टीका मान्छेले बागमती लुटिरहेका छन्, बागमतीबासीले बागमतीलाई ढलमती बनाइरहेका छन् । नैतिकता न राजनीतिको रह्यो, न राजधानीवासीको । बागमती सभ्यता इतिहासमा सिमित हुनेभयो ।