Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने

११ बुधबार , भाद्र २०८२१९ दिन अगाडि

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने

अहिले मुलुकभरकाे माैसम सामान्यदेखि आंशिक बदली भइरहेकाे छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली हुनुका साथै कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।

आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली हुनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुनुका साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ ।