Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई तत्काल जरिवाना नहुने

११ बुधबार , भाद्र २०८२१० महिना अगाडि

इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई तत्काल जरिवाना नहुने

यातायात व्यवस्था विभागले तत्काल इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनीलाई कुनै कारबाही वा जरिवाना नगरिने स्पष्ट पारेको छ । असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनीलाई कारबाही वा जरिवाना हुने भन्दै सामाजिक सञ्जाल र जनमानसमा व्यापक भ्रम फैलिएपछि विभागले एक विज्ञप्ति जारी गर्दै उक्त हल्ला निराधार भएको स्पष्ट पारेकाे हाे ।

विभागकाे सूचना अनुसार असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाही नहुने स्पष्ट पार्दै सर्वसाधारणलाई त्रसित नभई आफूलाई अनुकूल पर्ने समयमा सम्बन्धित यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया अघि बढाउन भनिएको छ ।

त्यस्तै इम्बोस्ड प्लेटमा देवनागरी लिपिको सट्टा अंग्रेजी लिपिको प्रयोग गरिएको विषयमा उठेको चासोलाई सम्बोधन गर्दै विभागले सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ मंसिर २७ गते गरेको फैसलाकाे आधारमा अन्तर्राष्ट्रिय सम्झौताअनुसार अंग्रेजी लिपी प्रयोग गर्नु संवैधानिक र कानुनी रूपमा त्रुटिपूर्ण नहुने भन्ने फैसलाका आधारमा प्लेट जडान कार्य अघि बढाइएको विभागको भनाइ रहेकाे छ ।

इम्बोस्ड नम्बर प्लेट प्रणालीले सवारीको पहिचान, अपराधिक क्रियाकलाप नियन्त्रण र राजस्व सङ्कलनलाई पारदर्शी बनाउन मद्दत पुग्ने विश्वासका साथ विभागले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्न र सरकारको ‘डिजिटल नेपाल’ को अवधारणालाई मूर्तरूप दिन लागिएकाे समेत सूचनामा उल्लेख गरिएकाे छ ।