
झापमा दुई वटा भ्यान एकापसमा ठोक्किँदा एककाे मृत्यु हुनुका साथै एकै परिवारका चार जना घाइते भएका छन् । झापमा कनकाई नगरपालिका–८, बिरिङ पुल नजिक भएकाे सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे हाे ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत गएराति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रवक्ता खड्काका अनुसार दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उहाँकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन् । घाइते चारै जनाको अवस्था सामान्य रहेकाे बताइएकाे छ ।
पिकअप र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर दुर्घटना बारे थप अनुसन्धान गरिरहेको छ ।