
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ काे महिला प्रतियोगितामा आज नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आजकाे खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे हुनेछ ।
पहिलो खेलमा भारतसँग ७–० ले पराजित नेपाललाई आजको खेल जित्नुपर्ने दबाबमा छ । त्यस्तै गत आइतबार बङ्गलादेशसँग भएको खेलमा पनि नेपाल ३–० गोलले पराजित भएको थियो भने भुटानमाथि २–१ को पुनरागमन जित हासिल गरेको थियो ।
डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत ९ अंकका साथ पहिलो स्थानमा छ भने छ अंक लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ भने घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ ।
चार देश सहभागी खेलमा खेल तालिकाअनुसार नेपालले भदौ १३ गते भारत र १५ गते भुटानसँग खेल्नेछ ।