Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

काँग्रेसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

११ बुधबार , भाद्र २०८२१९ दिन अगाडि

काँग्रेसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल शिक्षक महासंघले धर्ना दिएको छ । महासंघको पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत नेपाली काँग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

महासंघले नेपाली काँग्रेसको पार्टी कार्यालयमा बिहान ११ : ०० बजे देखि दिउँसो १ : ०० बजेसम्म २ घण्टा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । 

त्यसैगरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जनाएको छ ।