Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

डडेल्धुरामा जीप दुर्घटनामा चार जनाको मृत्यु

१२ बिहिबार , भाद्र २०८२२ महिना अगाडि

डडेल्धुरामा जीप दुर्घटनामा चार जनाको मृत्यु

डडेल्धुरामा जीप दुर्घटनामा परि चार जनाकाे मृत्यु भएकाे छ । बिहान सदरमुकामतर्फ जादै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार डडेल्धुराकाे नवदुर्गा गाउँपालिका–५, चौडको कच्ची सडक खण्डमा बिहान जीप दुर्घटना भएको बताइएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेको छ भने अहिलेसम्म प्रहरीले चार जनाको शव फेला परेको बताएको छ भने मृतकको सनाखत हुन सकेको छैन ।

अहिले उद्धारको काम भइरहेकाे र जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएको छ ।